समाचार
मनहरी गाउँपलािका वडा नं ७ स्थित मनहरी प्राथमिक स्वास्थ्य केन्द्रको भवन रहेको स्थानमा १५ शैयाको अस्पतालको शिलान्यास सम्पन्न ।
मनहरी गाउँपलािका वडा नं ७ स्थित हाल मनहरी प्राथमिक स्वास्थ्य केन्द्रको भवन रहेको स्थानमा १५ शैयाको अस्पतालको शिलान्यास कार्यक्रम यस मनहरी गाउँपलािकाका अध्यक्ष श्री एकराज उप्रतीज्यूको सभापतित्व र बागमती प्रदेशका मुख्यमन्त्री माननीय श्री डोरमणी पौडेलज्यूको प्रमुख आतिथ्यता, राष्ट्रियसभा सदस्य माननीय श्री रामनररायण विडारी, प्रदेशसभा सदस्य माननीय श्री ओम
बहादुर घलान, जिल्ला समन्वय समिति अध्यक्ष रघुनाथ खुलाल, मनहरी गाउँपालिका उपाध्यक्ष श्री मनिला विष्ट, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, विभिन्न वडाका अध्यक्षज्यूहरु, ई प्र का मनहरी का प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरु, समाजसेवी, स्वास्थ्कर्मी, कर्मचारी, पत्रकार, स्थानीय जनसमूदाय लगायतको उपस्थितिमा शिलान्यास भई सम्पन्न भयो ।
मकवानपुरका पाँचसहित मुलुकभर आज ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ । ३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँन लागेको हो ।