समाचार
वडा नं ६
यस वडा मनहरी गाउँपालिकाको दक्षिण पश्चीमि क्षेत्रमा साविक मनहरी गा वि स वडा नं १, २ र ५ मिलेर बनेको हो । चितवन राष्ट्रिय निकुन्ज र मनहरी गापा वडा नं ७, राक्सीराङ गाउँपालिका र राप्ति नगरपालिका संग सिमा जोडिएको यस वडाको क्षेत्रफल ३८।९५ वर्ग किमी रहेको छ। १८१ प्रती वर्ग किमी जनघनत्व रहेको यस वडाको जम्मा घरधुरी १४८१ र जम्मा जनसंख्या ८५२२ जसमध्ये महिला ४३२६ र पुरुष ४१९६ रहेको छ। यस वडाका मुख्य पर्यटकीय तथा धार्मिक क्षैत्रहरु मोरङे ताल पार्क, टासी छ्योईलिङ गुम्बा, बाघ भैरव मन्दिर हुन ।
वडा नं. ६ मनहरी गाउँपालिका
वडा अध्यक्ष : युवराज थपलिया (फोन नं ९८५५०८८१०६)
वडा सचिव : दिपेश कुमार महतो
वडा सदस्य : कुमार सिं मुक्तान
वडा सदस्य : बिष्णु बहादुर राई
महिला सदस्य : राममाया नगरकोटी (कार्यपालिक सदस्य)
दलित महिला सदस्य : प्रविता बिश्वकर्मा
कार्यालय सहायक :
कार्यालय रहेको स्थान : सुनाचुरी
कार्यालय सचिवको फोन नं. : ९८५५०१४५०६