समाचार
मनहरीमा बाल दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता हुने
मनहरी गाउँपालिकाले बाल दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता गर्ने भएको छ । यहि भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता मनाईने भएको हो । मंगलबार बसेको गाउँपालिका स्तरीय बाल अधिकार समितीको बैठकले सो निर्णय गरेको समितीका संयोजक तथा उपाध्यक्ष सीता पुलामी मगरले जानकारी दिनुभयो । सो अवसरमा प्रत्येक वडाका बाल अधिकार समितीको समन्वयमा हाजिरीजवाफ प्रतियोगीता गरीने र त्यसबाट छनोट भएका समुहहरुबिच पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगीता संचालन गरीने निर्णयमा उल्लेख छ । साथै आज बसेको बैठकले गत वर्ष २०७९/८० मा सञ्चालीत कार्यक्रमहरुको विषयमा समिक्षा समेत गरेको छ । गत वर्ष गाउँपालिकाका ९ वटै वडामा बाल अधिकार समिती गठन , प्रत्येक टोल स्तरीय बाल क्लव गठन, ८ वटा वडामा बाल सञ्जाल गठन, २ वटा अन्तर्कृया कार्यक्रम र ४ पटक बालश्रम अनुगमन गरीएको निर्णयमा उल्लेख गरीएको छ । यस्तै बाबुआमा विहिन बालसंरक्षण कार्यक्रम अन्तर्गत ५ जना बालबालीकालाई मासिक भत्ता वितरण गरीएको र ९ वटै वडामा बालविवाह तथा बालश्रम निवारणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरीएको जनाइएको छ ।