FAQs Complain Problems

समाचार

मनहरी ५ ले सेवा प्रवाह सम्बन्धी २ दिने शिविर आयोजना गर्दैै

मनहरी गाउँपालीका वडा नं ५ को कार्यालयले सेवा प्रवाह सम्बन्धी २ दिने शिविर आयोजना गर्ने भएको छ । घटना दर्ता लगायत वडा कार्यालयबाट प्रवाह गरीने सबै किसिमका सेवाहरुका लागि कार्यालयले शिविर सञ्चालन गर्न लागेको हो । बुधबार कार्यालयले एक सुचना जारी गर्दै सो सम्बन्धी जानकारी दिएको हो ।

उक्त शिविरमा व्यक्तिगत घटना दर्ता तथा व्यवसाय दर्ता, व्यवसाय नविकरण, मालपोत लगायत एकिकृत सम्पत्ती कर, नयाँ नागरीकता र प्रतिलीपी सिफारीस लगायतका अन्य सिफारीसका कार्यहरु गरीने वडा अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा आफुलाई आवश्यक पर्ने सेवाका लागि आवश्यकता अनुरुपको कागजपत्र सहित उपश्थीत हुन वडा सचिव विदुर पाठकले आग्रह गर्नुभएको छ ।

बैशाख २६ र २७ गते दुई दिन सञ्चालन हुने उक्त शिविर बिहान ७ बजेदेखि दिउसो ३ बजेसम्म चल्ने सुचनामा उल्लेख गरीएको छ । पहिलो दिन २६ गते रुन्चेडाँडाको तल्लो स्कुलमा र दोस्रो दिन २७ गते डिल्लीपुरको चिसापानी बसपार्कमा उक्त शिविर सञ्चालन हुने जनाईएको छ ।

आर्थिक वर्ष: