FAQs Complain Problems

मनहरीले घटायो जनश्रमदानको रकम, १५ प्रतिशत कायम

मनहरी गाउँपालिकाले जनश्रमदान वापतको रकम घटाएको छ । गत भाद्र १ गते बसेको कार्यपालिकाको वैठकले जनश्रमदान घटाएको हो । यस अघि उपभोक्ता समिति मार्फत् सञ्चालीत योजनामा २० प्रतिशत श्रमदान गर्नु पर्ने व्यवस्था गरीएको थियो । सो रकम अन्यौलका कारण विभिन्न समिती र जनप्रतिनिधिहरुकै गुनासो आएपछि कार्यपालिका वैठकले ५ प्रतिशत घटाएर १५ प्रतिशतमा कायम गरेको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो । कार्यपालिकाको निर्णयमा लेखिएको छ, "मनहरी गाउँपालिकाको उपभोक्ता समिति व्यवस्थापनबाट सञ्चालन हुने योजना सम्बन्धी कार्यविधि, २०८० को दफा ७ को उपदफा ३ वमोजिम जनलागत सहभागितामा सम्बन्धित उपभोक्ता समिति लाभग्राहि समुह टोल विकास संस्थाले ४० प्रतिशत व्यहोर्ने र बाँकी जुनसुकै योजनाको हकमा १५ प्रतिशत जनश्रमदान व्यहोर्ने गरी कार्यविधिमा थप गर्ने निर्णय गरियो" ।

आर्थिक वर्ष: