FAQs Complain Problems

गाउँपालिकाको पहिलो सार्वजनिक सुनुवाई सम्पन्न

मनहरी गाउँपालिकाको पहिलो सार्वजनिक सुनुवाई

मनहरी गाउँपालिका मकवानपुरले पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा नं.12 र 3 को भौगोलिक क्षेत्र समेटेर वडा नं.1 मकरीमा कार्यक्रमको आयोजना गरिएको हो । गाउँपालिका उपाध्यक्ष श्री मनिला विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकामा क्रियाशील राजनितिक दलका प्रतिनिधिहरु वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु स्थानीय राजनितिक दलका प्रतिनिधहरु स्थानीय संघ संस्थाका प्रतिनिधि लगायत  स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले योजना कार्यान्यनको काम छिटो हुनुपर्ने खहरे खोलाको क्षति नियन्त्रण गरिनुपर्ने,  भूकम्प पछीको निजी घर निर्माणमा प्राविधिक सहयोग गर्न ईन्जिनियरहरुलाई प्रभावकारी रुपमा परिचालन गराउनु पर्ने ,कृषि पशु लगायतका सेवा कार्यालयका कर्मचारीलाई कृषकको समस्या वुझ्न फिल्डमा खटाईनुपर्ने, सडक सञ्जालमा वृहत योजना बनाएर बाटो सार्वजनिक गरेरमात्र लगानी गर्नुपर्ने, कृषि क्षेत्रमा बजेट कम विनियोजन भएको, लगायतका विषय उठान गरेका  थिए ।आरक्षले स्थानीय प्राकृतिक स्रोत साधन उपयोग गर्न नदिएर दुख दिने गरेकोले सोको दिर्घकालिन समाधान खोजिनुपर्ने लगायतका विषय सहभागिहरुबाट उठेको ।

जनस्तरबाट उठेका विषयलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष मनिला विष्टले वडा स्तरबाट वडा भेलाबाटै छनौट भएका योजना भएकाले वास्तविक समस्या तथा मागको विषयमा वस्तीस्तरबाटै सोचेर निर्णय लिनुपर्ने वताउनुभयो । विगतका वर्षमा भन्दा सबै क्षेत्रमा धेरै बजेट विनियोजन भएको र कुनै काम गर्न बजेटको अभाव नहुने । आगामी आ.ब.मा योजनाबद्ध विकासलाई प्राथमिकतामा राखी योजना छनौट गरिने लगायतका विषय राख्दै सहभागिको जिज्ञासा सम्बोधन गर्नु भएको थियो ।

नेकपा एमालेका तर्फबाट सहभागि भूमिनन्द अर्यालले सार्वजनिक सुनुवाई जस्तो कार्यक्रमले जनताका समस्या समाधान गर्न सहयोग पुग्ने र जनभावना सम्बोधन हुने हुनाले यसलाई अझ सशक्त बनाउनु पर्ने । सडक बाटोको मापदण्ड तोकेर मात्र लगानी गर्नुपर्ने वताउनुभयो ।

ए माओवादी केन्द्रका संजिव पाठकले कर्मचारीले पद अनुसारको काम गर्नुपर्ने, भूकम्पको पुननिर्माणमा ध्यान दिनुपर्ने लगायतका विषयमा गाउँपालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत किसान न्यौपानेले योजना सम्झौताको काम अगाडी बढिसकेको र प्राविधिक कर्मचारीको अभावले गति लिन नसकेकोमा प्राविधिक कर्मचारीको व्यवस्थापन गर्न लागेको वताउनु भयो । वडा कार्यालयहरु सबै स्थानमा खुली नसकेकोले जनताले अपेक्षा गरेको सेवा प्रवाह गर्न केही कठिनाई रहेको ।गाउँपालिकामा कर्मचारीको अभाव रहेको तर धेरैजसोकाम गाउँपालिकाले गर्नुपरेको हुँदा पद तह र आवश्यकता अनुसार कर्मचारी परिचालन गर्न केही समय लाग्ने उहाको भनाई थियो ।

कार्यक्रमा स्वास्थ महिला तथा बालबालिका कृषि विकास लगातका विषयगत शाखाका कर्मचारी वडा सचिवहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नायब सुब्बा दिपकराज मिश्रले गर्नु भएको थियो ।

आर्थिक वर्ष: